९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुने

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुने
अ अ+ अ-

काठमाडौँ । प्रेस युनियन नेपालले पहिलो पटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आयोजना गर्ने भएको छ ।

समिटबारे जानकारी दिन शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष शिव लम्सालले नागरिक समृद्धि र समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रुपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताउनुभएको हो ।

समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुनेछ । उहाँले समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौति तथा दक्षिण एशियामा मिडियाले भोग्नुपरेका समस्या र दक्षिण एशियामा पत्रकारिताको प्रभावबारे विभिन्न ६ मुलुकका विषय विज्ञहरुको प्रश्तुति रहने जानकारी दिनुभयो । समिटमा ‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यु मिडिया इन साउथ एशिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिनुभयो । साथै मुस्ताङको आमसोममा स्थानीयवासीको सहभागितामा ‘जलवायु संकटमा मिडियाको भुमिका’ बारे अन्तरक्रिया हुने अध्यक्ष लम्सालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । नागरिक समृृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाज रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियनले यो समिट आयोजना गर्न लागेको हो । समिट काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गतेदेखि ३० गतेसम्म चल्नेछ । विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अबसर र चुनौति तथा दक्षिण एशियामा मिडियाले भोग्नुपरेका समस्या दक्षिण एशियाको पत्रकारिताको प्रभावबारे दक्षिण एशियासहित विभिन्न छ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रश्तुति रहनेछ ।’

‘समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिनेछ । वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले समिटको औपचारिक उद्घाटन गर्नुहुनेछ भने उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न मुलुकका पत्रकारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा भन्ने विषयमा प्रस्तुति तथा छलफल हुनेछ । विदेशी पत्रकारसहित करिव एक सय पचास जना पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म हुनेछ ।’

उहाँले लोमान्थाङ घोषणा–पत्र जारी गर्दै कार्यक्रम समापन गरिने बताउनु भयो ।