८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुने



अ+ अ-

काठमाडौँ । प्रेस युनियन नेपालले पहिलो पटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आयोजना गर्ने भएको छ ।

समिटबारे जानकारी दिन शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष शिव लम्सालले नागरिक समृद्धि र समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रुपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताउनुभएको हो ।

समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुनेछ । उहाँले समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौति तथा दक्षिण एशियामा मिडियाले भोग्नुपरेका समस्या र दक्षिण एशियामा पत्रकारिताको प्रभावबारे विभिन्न ६ मुलुकका विषय विज्ञहरुको प्रश्तुति रहने जानकारी दिनुभयो । समिटमा ‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यु मिडिया इन साउथ एशिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिनुभयो । साथै मुस्ताङको आमसोममा स्थानीयवासीको सहभागितामा ‘जलवायु संकटमा मिडियाको भुमिका’ बारे अन्तरक्रिया हुने अध्यक्ष लम्सालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । नागरिक समृृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाज रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियनले यो समिट आयोजना गर्न लागेको हो । समिट काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गतेदेखि ३० गतेसम्म चल्नेछ । विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अबसर र चुनौति तथा दक्षिण एशियामा मिडियाले भोग्नुपरेका समस्या दक्षिण एशियाको पत्रकारिताको प्रभावबारे दक्षिण एशियासहित विभिन्न छ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रश्तुति रहनेछ ।’

‘समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिनेछ । वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले समिटको औपचारिक उद्घाटन गर्नुहुनेछ भने उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न मुलुकका पत्रकारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा भन्ने विषयमा प्रस्तुति तथा छलफल हुनेछ । विदेशी पत्रकारसहित करिव एक सय पचास जना पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म हुनेछ ।’

उहाँले लोमान्थाङ घोषणा–पत्र जारी गर्दै कार्यक्रम समापन गरिने बताउनु भयो ।