२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ दूतावासद्वारा नेपालमा रहेका आफ्ना जनतालाई भारतीय सीमा नजिक नजान सल्लाह



अ+ अ-

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव धेरै बढेको छ । ‘अपरेशन सिन्दूर’ पछि, पाकिस्तानले आक्रामक अडान अपनाएको छ भने भारतले पनि उचित जवाफ दिएको छ ।

यसैबीच, चीनले आफ्ना नागरिकहरूका लागि एक सल्लाह जारी गरेको छ । चीनले नेपालमा रहेका आफ्ना जनतालाई भारतीय सीमा नजिक नजान सल्लाह दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले धेरै सुझाव दिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमार्फत चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइएको छ ।

नेपाल र भारतबीच खुला सिमाना छ । यस्तै, दूतावासले चिनियाँ नागरिकहरूलाई वैध भिसा बिना भारत प्रवेश गर्नबाट जोगिन भनेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारत र नेपाल दुवैले आफ्नो सीमामा सुरक्षा प्रयासहरू बढाएका छन् ।

भारतको पहलगाममा पाकिस्तानी आतंककारीहरूले आक्रमण गरेका थिए । भारतले अपरेशन सिन्दूर मार्फत बदला लियो, तर पाकिस्तान झन् आक्रामक भएको छ । भारत–पाकिस्तान तनावलाई ध्यानमा राख्दै त्यहाँका धेरै विमानस्थलहरू बन्द गरिएका छन् ।

यसैबी, चीनले हालै भारत र पाकिस्तानबीचको तनावको अवस्थाको बारेमा एक बयान दिएको छ । उसले दुवै छिमेकी देशहरुलाई समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताएको छ । अर्कोतर्फ अमेरिकाको विश्वास छ कि पाकिस्तानले तनाव बढाउनु हुँदैन । उसले भारतसँग कुरा गरेर यो समस्या समाधान गर्नुपर्छ ।