१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस आतंकवादको बिरुद्धमा छः प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा। प्राकशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताउनुभएको हो ।

उहाँले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताउनु भयो । उहाँले काँग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताउनु भयो । उहाँले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको बताउनु भयो । काँग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताउनु भयो ।

‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्र्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलिएनहरुमाथि आक्रमण भएर मारिए । त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ । यो फुलस्केल युद्धको रुपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’

उहाँले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताउनु भयो ।