१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको साधारणसभामा भाग लिन गएका थापालाई प्रवेश नदिएपछि गेटमै धर्ना



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन भनेर गएका पूर्वअध्यक्ष गणेश थापालाई गेटमै रोकेपछि धर्ना बसेका छन् ।

अदालतको आदेश विपरित साधारणसभा स्थलबाहिर रोकेको भन्दै उनले प्लेकार्ड बोकेर समर्थकहरुसहित धर्ना दिएका हुन् ।

यसअघि अदालतले थापालाई साधारणसभामा नरोक्न अन्तरिम आदेश दिएको थियो । सो आदेशको प्रतिलिपिसमेत बोकेर जाँदा पनि थापालाई गेटमै रोकेपछि उनी आक्रोशित भएका थिए । उनका छोरा गौरव थापालाई पनि प्रवेश दिईएको छैन ।

सोहिक्रममा थापाले साधारणसभामा भाग लिन पाउनुपर्ने माग गर्दै खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर गर्दै १६ अप्रिल २०१५ देखि दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवाना तिराएको थियो ।

उनी माथिको प्रतिबन्ध १५ अप्रिल २०२५ मा फुकुवा भएको थियो । प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।