९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

कानुनमा विभेद– रविन्द्र र रितामाथि राज्यको दृष्टि

कानुनमा विभेद– रविन्द्र र रितामाथि राज्यको दृष्टि
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ४३ दिनदेखि न्यायिक हिरासतमा छन् । उनलाई एकपछि अर्को अभियोगको अनुसन्धानका लागि भन्दै अदालतबाट म्याद थप गरेर प्रहरीले थुनामा राखेपछि संविधानविद्हरुले नै प्रश्न उठाएका छन् । रविन्द्रमाथी भइरहेको अनुसन्धानको विषयलाई लिएर संविधानविद् विपीन अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अहिलेलाई अदालतको कमेन्ट नगरौं । ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरको चार्ज खेपेक रविन्द्र मिश्रलाई प्रमाण पुर्‍याउन नसकेर थुनछेक अवधि समाप्त हुन थालेपछि अर्को चार्ज थपिएको छ । थुनछेकको यो तरिका ‘ड्यु प्रोसेस अफ ल’मा पर्छ ? अन्यायपूर्ण लाग्यो है जर्साब ।’

राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष ४३ दिनदेखि प्रहरी हिरासतमा छन् । उनीमाथि एकपछि अर्को अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले अझै मुद्दा भने चलाउन सकेको छैन । बरु उनलाई हिरासतमै मानसिक यातना दिएर राखिएको छ । रिहाइको माग बढ्दै गएपछि प्रहरीले आपराधिक उपद्रवको नयाँ पुर्जी थमाएर थुनामै राखेको छ ।

यता उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यसहित १७ जना विशेष अदालतमा मुद्दा चलाइएको छ । तर वैद्यलाई पक्राउसम्म गरिएको छैन । फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा चलाइएको हो । कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन । जबकी वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ ।

बाल मन्दिरको जग्गा भाडा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर लामो समयसम्म यो प्रकरणको मुद्दा दर्ता हुन सकेको थिएन । मुद्दा नचलाउने गरी प्रक्रिया अघि बढाएको भन्दै आलोचना पनि भएको थियो । अन्तत: मंगलबार महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेपछि बुधबार सरकारी वकिल कार्यालयले काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

रविन्द्र मिश्र र रिता सिंह वैद्यमाथिको आरोपमा कुनै तालमेल छैन । तर यी दुई जनाबीच फरक व्यवहार हुनुमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको हात रहेको बताइएको छ । रविन्द्र मिश्र र प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं. १ मा निर्वाचनमा भिडेका थिए । रविन्द्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंहले चुनाव जितेका थिए । अहिले यो क्षेत्रमा मिश्रले आफ्नो लोकप्रियता बढाउँदै लगेका छन् । त्यसलाई निस्तेज पार्न सिंहले उनीमाथि इख साँधेर पूर्वाग्रह राखेको आरोप लागेको छ ।

सिंह नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेर गएका व्यक्ति हुन् । उनले आफ्नो राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रभावित पारेका छन् । गृह मन्त्री रमेश लेखकसमेत श्रेष्ठका अगाडि निरीह सावित भएका छन् । सिंहले जे भन्यो त्यही गर्न लेखक बाध्य छन् । यसले गर्दा रविन्द्रमाथिको अनुसन्धान नसक्न प्रहरीमाथि दबाब परेको बताइएको छ ।

रविन्द्रमाथि नयाँ नयाँ अभियोग लगाएर म्याद थप्दै हिरासतमा राखिएको छ । त्यही कारण मिश्रले अदालतमा समेत गुनासो गर्दै आएका छन् । यसअघि प्रहरीले मिश्रमाथि राज्य विप्लव र संगठित अपराधमा अनुसन्धान गर्न भनेर काठमाडौं जिल्ला अदालतसँग म्याद लिइरहेको थियो । छैटौंपटक म्याद थप्दा ४१ दिन गुज्रिएको छ । बयानसमेत भइसकेको र कुनै नयाँ प्रमाण फेला नपरेका कारण मिश्रलाई रिहाइ गर्न चौतर्फीरुपमा आवाज उठिरहँदा दवावमा परेको प्रहरीले उनको हिरासत बास लम्ब्याउन नयाँ अभियोगको तरवार तेस्र्याएको हो ।

आफूलाई तेस्रो अभियोग थपिएपछि मिश्र इजलासमै आक्रोशित सुनिए । उनले आफूलाई के गर्न खोजिएको हो भनेर बुझ्न नसकेको बताए । न्यायाधीशहरुप्रति पनि उनले गुनासो पोखे ।

इजलासमा मिश्रको अभिव्यक्ति कस्तो थियो त ?

आज ४२ औं दिनमा आइपुग्दा राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगाइदिएको छ । हिजो ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको टिका लगाएर हिँडाइएको थियो । आज आएर पूर्जी थमाएर आपराधिक उपद्रवको टिका लगाइदिएको छ । त्या टिका पुछ्ने अधिकार न्यायालयसँग हुन्छ भनेर मैले यहाँ आफ्नो कुरा राखिरहेको छु ।

यो के गरेको मैले बुझ्दै बुझिनँ । ठिक छ त्यहाँ घटना भयो, मलाई पक्रेर ल्याइयो, मलाई त्यसमा कुनै गुनासो छैन । त्यसपछि औचित्यहीनरुपमा बारम्बार म्याद थपिइरहेको छ । वैशाख २ गते मेरो बयान सकियो । मसित भएको फोन उहाँहरुसितै छ । मैले प्रमाण नष्ट गर्ने ठाउँ छैन । भाग्ने ठाउँ छैन । १० गतेको बहसमा न्यायाधीसले तीन दिनमा कि थप प्रमाण ल्याउ, होइन भने हाजिर जमानीमा छाड भन्ने किसिमको आदेश गर्नुभयो । मैले सोचेँ, त्यही हुन्छ होला ।

तीन दिनपछि १८ वटा बुँदा पेश गरियो, हामी यसो गर्दैछौं । यताबाट यो डिटेल्स माग्दैछौं, त्यो माग्दैछौं भनेर । ठिक छ गर्नुस न । तर, यसका लागि म हिरासतमा बस्नैपर्छ ? म बाहिर बस्दा उहाँहरुलाई केही कुराले अवरोध गराउँथ्यो ? फेरि ५ दिनको, फेरि सात दिनको म्याद थपियो । महिला श्रीमान भएकाले म आज फेरि दोहोर्याउँुछ । म मेरो ८१ वर्षको डिमेन्सीया भएको आमाको कसम खाएर फेरि भन्छु, मैले कुनै पनि राज्यविरुद्धको कसुर वा संगठित अपराध गरेको छैन ।

यसलाई पनि कसैले नसुन्दिने भए म जाने कहाँ ? म देश बनाउन भने हिँडेको मान्छे । म इमानको धरातलमा उभिएर काम गरेको मान्छे । मेरो पृष्ठभूमि हेर्दा हुन्छ । नाकै अगाडि अश्रुग्यास हानेपछि म आवेशमा आएँ होला, तर के मैले हिंसाजन्य काम गरेको छु ? हिंसाजन्य कुरा गरेको छु ? फलानो ठाउँ घेर्न जाउँ भनेको छु ?

यदि बोलेकै आधारमा हुन्थ्यो भने ‘ले ले खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काइदे’ भन्नेहरु अहिले सत्तामै छन् नि । बोलेकै आधारमा हुने भए त के के छन् छन् । तर, मैले कुनै पनि हिंसाजन्य काम नगर्दा पनि अपराधि उपद्रवको टिका लगाइदिने ?

श्रीमानहरु के भन्नुहुन्छ भने सामान्यतया सुरुवातको निर्णय परिवर्तन गर्न मिल्दैन । नहुने हो भने म्याद थपको नाटक किन ? बहसको चरित्रै परिवर्तन गरौं । यत्रो प्रहरीको स्रोत किन प्रयोग गर्नु ? यत्रो मान्छेलाई पाँच घन्टा किन राख्नु । फाइल ल्याएर हस्ताक्षर गराए भइहाल्यो । बहस गर्यो गर्यो, बेदना पोख्यो पोख्यो, लास्टमा गएर उही म्याद थप ।

मिश्रको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा पनि बहस छ । उनले आफूविरुद्ध कुनै अभियोग लगाउने भए तत्काल लगाएर मुद्दा चलाउनु भन्दै आएका छन् ।

म्याद थप गरिएको विषयमा अदालतमाथि अहिले नै प्रश्न उठाउन सकिँदैन । तर गृह प्रशासनले मिश्र र रिता वैद्यमाथी गरेको फरक व्यवहारको प्रश्न भने उठिरहेको छ ।