११ श्रावण २०८३, सोमबार
,
Latest
स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर छली र विदेशी विनिमय अपचलन मुद्दामा व्यापारीसहित पाँच जना विरुद्ध अभियोग



अ+ अ-

रुपन्देही। आन्तरिक राजश्व कार्यालय बुटवलले कर छली र विदेशी विनिमय अपचलनको दुई फरक मुद्दामा बुटवलका एक व्यापारीसहित पाँच जनाविरुद्ध अदालतमा अभियोग दायर गरेको छ।

बुटवल उपमहानगरपालिका–६ राधाकृष्णपथस्थित ‘भाञ्जा स्टोर्स एण्ड हाउस’का सञ्चालक बरकत अलि मियाँमाथि तीन करोड ११ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व चुहावटको आरोप लागिएको छ। आन्तरिक राजश्व कार्यालयका प्रमुख राजश्व अधिकृत विवेक घिमिरेका अनुसार, मियाँले एक करोड ५५ लाख ६६ हजार २८१ रुपैयाँ बराबरको राजस्व छली गरेका थिए। सोही बराबरको जरिवाना सहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार मियाँविरुद्ध मुद्दा दायर गरिएको हो।

त्यस्तै, विदेशी विनिमय अपचलनसम्बन्धी अभियोगमा कपिलवस्तुका चार जना—राजेशकुमार बर्मा, राकेशकुमार बर्मा, हमीद मुसलमान र जंगबहादुर बर्मा विरुद्ध कपिलवस्तु जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको छ। उनीहरूबाट ५०० दरका ४२३६ थान र २०० दरका १०० थान गरी २१ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो। सो रकमलाई नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार ३४ लाख २४ हजार ७ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ।

प्रहरीको अनुसन्धान अनुसार, उनीहरूले भारतीय रुपैयाँ अवैध रूपमा नेपाल भित्र्याएका थिए। त्यस क्रममा प्रयोग गरिएको ‘यूपी ५५ एम ०४५९’ नम्बरको भारतीय सवारीसाधनसमेत विदेशी विनिमय अपचलनमा प्रयोग भएको प्रमाण भेटिएको छ। सो सवारीसाधनलाई पनि जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको हो।

राजश्व कार्यालयले घटनामा संलग्न सबै व्यक्तिहरूलाई कानूनी कारवाहीमा ल्याउनका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ। यस्ता आर्थिक अपराध रोक्नका लागि निगरानी र कारवाहीलाई अझ प्रभावकारी बनाउने योजना रहेको पनि बताइएको छ।