२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को प्रश्नपत्र लीक प्रकरण : साइपाल कलेजका प्रिन्सिपलसहित ६ जना पक्राउ



अ+ अ-

काठमाडौं। कक्षा १२ को होटल म्यानेजमेन्ट विषयको प्रश्नपत्र समयपूर्व सार्वजनिक भएको आरोपमा काठमाडौंस्थित साइपाल कलेजका प्रिन्सिपल गणेश जोशीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रश्नपत्र लीक काण्डमा कलेजभित्रकै कर्मचारीहरूको संलग्नता देखिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्नेमा कलेजका क्याम्पस कोअर्डिनेटर संज्ञा खतिवडा, परीक्षा शाखामा कार्यरत रोश श्रेष्ठ, बैतडीका जीवन कुमार मडै र दुई किशोरसमेत छन्। उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

 प्रहरीका अनुसार, प्रश्नपत्र लीकको योजना साइपाल कलेजकै कर्मचारीहरूको मिलेमतोमा बनाइएको थियो, जसमा केही बाह्य व्यक्तिहरू पनि संलग्न थिए। लीक गरिएको प्रश्नपत्र विभिन्न माध्यममार्फत विद्यार्थीहरूमा फैलाइएको थियो ।

प्रहरीले घटनालाई थप अनुसन्धान जारी राखेको छ।