काठमाडौँ । प्रहरीले वैवाहिक बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पूर्जी जारी भएलगत्तै फरार रहेका काभ्रेको चौरी देउराली गाउँपालिका–७ घर भएका अभियुक्तलाई काठमाडौं हाँडीगाउँस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो ।
आरोपिलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले वैशाख २३ गते पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाइएको हो ।
पक्राउपछि अभियुक्तलाई कानुनी दायराभित्र ल्याई आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका डिएसपी मिन बहादुर घलेले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तविरुद्द २०८१ साल वैशाख ३० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गराएका थिए । त्यसपछि आवश्यक अनुसन्धान गरी काभ्रेपलान्चोक जिल्ला अदालतले २०८१ जेठ १८ गते पक्राउ पूर्जी जारी गरिएको थियो।










