९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ
अ अ+ अ-

एजेन्सी । कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो ।

न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी पक्राउ गरेको जनाएको छ ।

सन २०२४ अप्रिलमा भएको प्रदर्शनपछि कोलम्बिया विश्वविद्यालयमा भएको सबैभन्दा महत्त्वपूर्ण विरोध प्रदर्शन हो ।

यस हप्ताको सुरुमा कोलम्बिया विश्वविद्यालयका कर्मचारीहरूले अमेरिकी सुरक्षा विभागले तीन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थुनामा राखेको विरोधमा निगरानी गर्दै बन्दीहरूलाई रिहा नगरेसम्म निगरानी जारी राख्ने प्रतिवद्धता गरेका थिए ।

शैक्षिक गतिविधिहरूमा अवरोध नसहने उल्लेख गर्दै विश्वविद्यालयका कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले एक विज्ञप्ति जारी गर्नुभएको छ ।

न्यूयोर्क शहरका अधिकारीहरूले तथा न्यूयोर्क शहरका मेयर एरिक एडम्सले प्रदर्शन प्रति आपत्ति जनाउदै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याइने बताउनुभएको थियो ।

सामाजिक सञ्जाल मार्फत एडम्सले कुनै पनि हिंसा सहन नसकिने बताउँदै प्रदर्शनकारीहरूलाई तुरुन्तै क्याम्पसबाट बाहिर निस्कन आह्वान गर्नुभएको छ । उहाँले निर्देशन उपर अटेर गरिएमा उनीहरूलाई पक्राउ गरिने जनाउनुभएको छ ।

समय समयमा विरोध प्रदर्शन भई रहने यो विश्वविद्यालयमा अप्रिल २०२४ मा विश्वविद्यालयमा भएको ठूलो विरोधका कारण १०० भन्दा बढी विदार्थी पक्राउ परेका थिए ।

मार्चमा ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदी विरोधी गतिबिधि रोक्न असफल भएको उल्लेख गर्दै कोलम्बिया विश्वविद्यालयबाट ४० लाख अमेरिकी डलरको संघीय कोष पनि फिर्ता लिएको थियो ।