काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
बिहीबार राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी राजेन्द्र लिङदेनको काँधमा पुगेको बताउदै उनले भने, ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौ । हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र फुटाउन सक्दैन ।’
राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर मुलुकलाई चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुक्त गराउने उनको भनाई छ ।










