९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु

रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु
अ अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ ।

युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन् ।

युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । किएभले कुनै पनि क्षति वा हताहतिको जानकारी दिएको छैन ।

रूसी नेता पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रुपमा अस्थायी युद्धविराम गर्न आदेश दिनुभएको हो ।

यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फीरूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अथ्र्याइएको छ ।

पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाई आक्रमण गरेका छन् जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरूद्ध भएको छभने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको सङ्घीय हवाई यातायात निकायका प्रवक्ताले बताउनुभएको छ ।

क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गर्नुभएको छ ।

“कूटनीतिलाई मौका दिन सक्ने यो (३० दिने युद्धविराम) प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया देखिरहेको छैन,” उहाँले भन्नुभयो ।