१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालयको दुई दिने पुस्तक मेला: पुस्तकमा बिशेष छुट र लेखकसित भेटघाट



अ+ अ-

काठमाडौँ: पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । यही वैशाख २७ र २८ गते शनिबार र आइतबार हुने दुई दिने पुस्तक मेलामा लेखकहरुसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुनेछ ।

पाठकहरुले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकून्आफ्ना प्रिय लेखकसित भेटघाटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ । ‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,’ पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ ।’

पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् । ‘हाम्रा लेखक अच्युतकृष्ण खरेलअरुणा उप्रेतीआनी छोइङ डोल्माआभासकालीप्रसाद रिजालकिशोर थापाकुमार नगरकोटीगणेशप्रसाद लाठगिरीश गिरीजीवनकुमार प्रसाईंजेबी दर्लामीतारानिधि भट्टराईतुलसी भट्टराईदिनेश अधिकारीदुर्गा कार्कीनारायण वाग्लेनिमानन्द रिजालपद्मसुन्दर जोशीमहेशराज पन्तलुज माथेमाविप्लव प्रतीकश्रवण मुकारुङसुदीप श्रेष्ठ लगायतको उपस्थिति रहनेछ,’ मास्केले भनिन्, ‘लेखकसित भेटघाटकुराकानी गर्ने मौकामा सहभागी हुन कुनै शुल्क लाग्दैनपुस्तक ५० प्रतिशतसम्म छुटमा किन्न सकिन्छ ।’

दुई दिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाईयो मन सोधिरहन्छ’बाट हुनेछ । शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ । १० वर्ष पहिले नेपालयबाटै प्रसाईंको ‘जीवन जिउने काइदा’ प्रकाशन भएको थियोजो पाठकको अत्यधिक रोजाइमा पर्छ । यो पुस्तक नवौँ पटक पुनःमुद्रण भइसकेको छ । प्रसाईंको नयाँ पुस्तक इमोसनल इन्टेलिजेन्समा केन्द्रित छ । ‘एआईको जमाना छ तर म इआई अर्थात् इमोसनल इन्टेलिजेन्सतिर लागेको छु,’ लेखक प्रसाईं भन्छन्, ‘१० वर्षमा पाँच पुस्तक लेख्ने जाँगर मलाई असीमित पाठकहरुको प्रेमपूर्ण पठनले नै दिएको हो ।’

पुस्तक मेलाको समापन काव्य अनुष्ठानबाट हुनेछ । नेपालयले तीन वर्षदेखि ई–कविता शीर्षकमा हरेक साता एक कविता प्रसारण गर्छ । थुप्रैडटकम (www.thuprai.comमा पैसा तिरेर कविता सुन्न सकिन्छ । त्यहाँ प्रसारित ई–कवि र नेपालयबाट काव्य कृति प्रकाशित कवि गरेर १५ जनाले कविता पाठ गर्ने कवि श्रवण मुकारुङले जनाएका छन् । 

ई–कविता संयोजन गर्दै आएका कवि मुकारुङले नै काव्य अनुष्ठान संयोजन र सञ्चालन गर्दै छन् । ‘कवितामा लगानी गर्न धेरै प्रकाशक हिचकिचाइरहेका बेला नेपालयले कविहरुलाई पारिश्रमिकसहित ई–कविता तथा एकै महिनामा दुई कवि कालीप्रसाद रिजाल र दिनेश अधिकारीका काव्य–कृति प्रकाशन गर्नु हामी कविहरुका लागि ठूलो हौसला हो,’ संयोजक कवि श्रवण मुकारुङले भने, ‘नेपालयको पुस्तक मेलामा मसहित अग्रज र अनुज पुस्ताका १५ कविले काव्यपाठ गर्नुहुनेछ ।’

नेपालयले सन् २०२५ को नयाँ वर्षका दिन ‘२०२५ मा २५ का २५’ शीर्षकमा नयाँ पुस्ताका कथाकवितानिबन्ध आह्वान गरेको थियो । ‘हामीलाई धेरै रचना प्राप्त भएका छन् । ती युवा लेखक र केहीबाट पुस्तक लेखन–प्रकाशन प्रक्रियाबारे धेरै जिज्ञासा आउने हुँदा हामीले पुस्तक मेलामा ती जिज्ञासा सम्बोधन गर्ने प्रयास पनि गर्नेछौँ,’ नेपालयका सम्पादक विमल आचार्यले भने ।

देशको राजधानीमा पुस्तक मेला गल्लीगल्लीसडकसडककुनाकुनाचोकचोकपसलपसलतिर सधैँ भइरहनुपर्ने जस्तो लाग्छसम्पादक आचार्यलाई । उनी आफू काठमाडौँ आउँदा केही वर्षअघिसम्म चोकचोकमासडकमा सस्तोमा किताब किनेको स्मरण गर्छन् । ‘महानगरमा खै के भयो भयोकिताब–म्यागेजिन बेच्ने–फिँजाउने मानिसहरु एक्कासि कता हराएहराए,’ आचार्य भन्छन्, ‘भक्तजन आएनन् भने पनि पूजारीले मन्दिर त खोल्नैपर्छपाठक आएनन् भने पनि ज्ञानका मन्दिर बन्द हुनुहुँदैन ।’

 २० वर्षअघि ‘पल्पसा क्याफे‘ प्रकाशन गर्दा आफूहरुले पुस्तक प्याकेजिङ र प्रवद्र्धनमा केही नयाँ प्रयास गरेको स्मरण गर्छन्नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ । ‘पुस्तक बजारलाई फेरि चलायमान बनाउन हामी फेरि केही सिर्जनशील सक्रियतातिर लागेका छौँ । महिनामा एउटा किताब प्रकाशनकालिकास्थानको आरशालामा पुस्तक पसल सञ्चालनपुस्तक मेलायुवाहरुबाट खुला रचना आह्वान जस्ता गतिविधि हामी बढाउँछौँ,’ श्रेष्ठ भन्छन्, ‘देशैभर साहित्य महोत्सव भइरहेका छन्यो सुखद कुरा हो । तर त्यहाँ किताब पढ्नेकिताब साटासाट गर्नेकिताब किनबेच गर्नेलेखक र पाठककै बहुमत पो हुनुपर्ने हो कि ?’

दुई दिने किताब मेलाले लेखकपाठकसमीक्षकहरुमा नयाँ उत्साह ल्याउने विश्वास छश्रेष्ठको । यो किताब मेला सफल भएसँगै यस्ता गतिविधि बढाउने तयारी रहेको पब्लिकेसन नेपालयले जनाएको छ ।