२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत वर्ष अफगानिस्तानद्वारा १५ मिलियन डलर बढीको कार्पेट निर्यात



अ+ अ-

काठमाडौँ । अफगानिस्तानले गत वर्ष १५ मिलियन अमेरिकी डलरभन्दा बढीको कार्पेट निर्यात गरेको छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले यस्तो जानकारी दिनुभएको हो ।

अफगानिस्तानले १४०३ (फारसी क्यालेन्डरमा) मा १५.२ मिलियन अमेरिकी डलर मूल्यको ३ हजार ६ सय ३२ टन कार्पेट धेरै देशहरूमा निर्यात गरेको सरकारी स्वामित्वको रेडियो र टेलिभिजन अफ अफगानिस्तान (आरटीए) ले मंगलबार जवादलाई उद्धृत गर्दै भनेको छ । अधिकारीकाअनुसार अफगानिस्तान–निर्मित कार्पेटहरू देशको मुख्य निर्यात वस्तु हुन् । पाकिस्तान, इरान, भारत, जर्मनी, क्यानडा, नेदरल्याण्ड्स, साउदी अरेबिया र धेरै अन्य देशहरूमा निर्यात गरिएको छ ।

हातले बुनेको अफगान कार्पेट विश्वव्यापी रूपमा लोकप्रिय छ । कार्पेट बुनाई कला एक प्रमुख परम्परागत उद्योगको रूपमा युद्धग्रस्त अफगानिस्तानमा १२ लाख भन्दा बढी मानिसहरू प्रायः महिलाहरूलाई रोजगारीका अवसरहरू प्रदान गरेको बताइएको छ ।