काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सचिवालयस्थित कृषि समितिको हलमा ज्वारचनलाई संसद पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बाग्लुङबाट प्रतितिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेसको तर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो ।
छन्त्यालको निधन भएपछि समानुपातिक सूचीमा उनको पछि नाम रहेकी ज्वारचन सांसद बनेकी हुन् । ज्वारचनको घर गुल्मी हो ।