३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई बजेटको प्राथमिकतामा राख्न जोड



अ+ अ-

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

आयोगले आज यहाँ आयोजित आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैँकसम्बन्धी छलफल तथा अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।

आयोगका उपाध्यक्ष प्राडा अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरी दुई प्रकारमा विभाजन गरिने बताउनुभयो । उहाँले कार्यान्वयन गरिने खालका आयोजना रु तीन करोडभन्दा कमको नहुने बताउनुभएको छ । उहाँले तीन करोडभन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्न नमिल्ने बनाइएकोसमेत स्मरण गराउनुभयो ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै आयोजनाको प्राथामिकता र पुनः प्राथमिकता गर्नुपर्ने उहाँको भनाइ छ । छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले प्रोजेक्ट बैंकमा पनि नजाने ‘डिपिआर’मा पनि नजाने आयोजनामाथि प्रश्न उठ्ने र उठ्नु जायज भएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नभएको आयोजना अध्ययनकोक्रममा राखिने समेत उल्लेख गर्नुभयो ।

उपाध्यक्ष अधिकारीले ‘सिस्टम’मा आएका परियोजनालाई जसरी आएका छन् र जुन–जुन चरण पूरा भएका छन्, सोही अनुरुप प्रविष्ट गरिदिन र नमिल्ने भए नपुगेको ठाउँमा आँैल्याइदिन समेत आग्रह गर्नुभयो । छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिव एवं सहसचिवहरुले बजेटको सिलिङका कारण मध्यमकालीन खर्च संरचना तयार गर्न कठीन भएको बताउनुभयो ।

मध्यमकालीन खर्च संरचना विद्यमान अवस्था र अगामी कार्यदिशासम्बन्धी प्रस्तुतिकरण र्गदै सहसचिव खोमराज कोइरालाले हालसम्म ४४ वटा निकायमा ४० वटाले मात्र प्रविष्ट भएको र ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको जानकारी दिनुभयो ।

सहसचिव अर्जुन भण्डारीले राष्ट्रिय आयोजना बैंक प्रणालीसम्बन्धमा प्रस्तुतिकरण गर्दै हालसम्म सात हजार ३३७ आयोजना, आयोजना बैंकमा प्रविष्ट भएको र त्यसमध्ये कतिपय आयोजना ‘ड्राफ्ट’मा रहेकोसमेत जानकारी दिनुभयो । रासस