९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति

राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शितल निवासमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताउनु भयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भुमिका महत्वपूर्ण भएको बताउनु भयो । स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उहाँको भनाइ छ । उहाँले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताउनु भयो । उहाँले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र  सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका अवनेक परिवर्तनहरुमा नेपाली पत्रकार जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ । पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त र प्रभावकारी माध्यम हो । स्वतन्त्र, निष्पक्ष र तठस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निश्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न सकिदैन । त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्वाध र स्वतन्त्रता पूर्वक समाचार संप्रेसन गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यसैगरी सत्यतथ्य समाचार संप्रेषण गरेर जनतालाई सुसुचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने विश्वास लिएको छु । समाचार लेखेकै आधारमा पत्रकार असुरिक्ष हुने अवस्थाको अन्त्य हुनु पर्छ । सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र संप्रेसन गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको  ध्यान जानु आवश्यक छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारितले समाजमा भ्रम सिर्जना अग्रसर भएको बताउनु भयो । उहाँले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालमा संप्रेसन भएका सामग्रीबाट  आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको  विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिध्या सूचना संप्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान सञ्चारमाध्यमसामु थपिएको चुनौती हो । ’

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताउनु भयो ।