२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले पनि थाल्यो मंगल खोज अभियान, अन्तरिक्ष यान प्रक्षेपण



अ+ अ-

टोकियोः मंगल ग्रहको अवस्थितिको अध्ययन गर्ने उद्देश्यले अरब मुलुक युनाइटेड अरब ईमिरेट्स (युएई)को पहिलो अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ । जापानको दक्षिणी तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको यस यानको नाम “होप (आशा)” राखिएको छ ।

मानवविहीन यस खोज अभियानलाई अरबी भाषामा “अल–अमाल” भनिएको छ । मंगल ग्रहको खोज अभियानमा रहेको यो इमिराती परियोजना अघि सार्ने युएई तेस्रो मुलुक हो । यसअघि संयुक्तराज्य अमेरिका र चीनले यस्तो यान प्रक्षेपण गरिसकेका छन् ।

यो यानले सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहको कक्षमा प्रवेश गर्नेछ ।