१५ असार २०८३, सोमबार
,
Latest
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्णः मन्त्री लामिछाने



अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको विकासले सुशासन र पारदर्शिता कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ ।

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ नयाँ प्रविधिले मुलुकको सर्वाङ्गिण विकासमा सहयोग पुगिरहेको बताउनुभएको हो ।

प्रविधिको उच्चतम उपयोग गर्दै सूचना तथा सञ्चारको विकासका लागि निजी क्षेत्र, सरकार र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । डिजिटल बागमतीका लागि आधारभुत पूर्वाधारका रुपमा रहेको डेटा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययनको काम गरिरहेको जानकारी दिनुभयो । प्रविधिको समुचित प्रयोग गर्दै डिजिटल वागमतीका लागि स्वास्थ्यमा टेलिमेडिसिन, यातायाततर्फ लाइसेन्स प्रिन्ट र इम्बोस्ड नम्बर अनिवार्य प्रयोगका विषय तथा सवारी अनुमति पत्र जाँचका लागि उपकरण हस्तान्तरण र अपराध नियन्त्रणका लागि डिजिटल ल्याबहरु निर्माणको काम भइरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘डिजिटल वागमती निर्माणका लागि प्रदेश सरकारले बुझ्ने खालको बजेटका लागि नीति आयोगले बुझिदिएमा प्रविधिका क्षेत्रमा काम गर्न सहज हुनेछ । मन्त्रालयको कार्य जिम्मेवारीमध्ये डिजिटल विषयमा सरकारले लिएको सोच छ । सरकारले सोचेअनुसार बजेट नहुँदा काम गर्न डिजिटल वागमती बनाउन समस्या रहेको छ । डिजिटल बागमतीका लागि निजी क्षेत्रसँगै सरोकारवालाले अग्रसरता लिनुपर्छ । डिजिटल वागमती बनाउन र अपरिहार्य सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु ।’

उहाँले प्रदेश सरकारले डिजिटल वागमती निर्माणका प्रदेश सरकार, सरोकारवाला निकाय र सञ्चार प्रविधि क्षेत्रमा कार्यरत संघसंस्थाको सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो ।