८ श्रावण २०८३, शुक्रबार
,
Latest
भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छः विराजभक्त श्रेष्ठ



अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै  अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरुले नै देश बनाउने दाबी गर्नुभयो । नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उहाँले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताउनु भयो । साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनैपनि प्ररकारको कार्यक्रम रहेको दाबी गर्नुभयो । नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देश पुरातन शैलीबाट पुरातन नेतृत्वबाट बन्छ भन्ने लाग्दैन । नबिगारिदिए पुग्छ । युवाहरु आफैंले बनाउँछन् वाधक नबनिदिएपनि युवाहरु आफैंले बनाउँछन् । यसमा नीति के हो कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन । यथास्थितिको निरन्तरतामात्रै हो यसले नविनता सापेक्षताको अभाव छ । आर्थिक मन्दीलाई सम्बोधन गर्ने, युवा पुस्ता र भविष्यप्रति सरकार बेखबर भएको देखियो, सतही रुपमा नीति तथा कार्यक्रम आयो । दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखियो । स्पष्ट खाका केही देखिएन । कार्यान्वयनको कमजोर श्रृंखला भयो यो जहिले पनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माण गर्ने परिपाटीको पनि अन्त्य हुन सकेन । खर्च गर्नसक्ने क्षमतापनि सरकारसँग छैन । खर्च गर्ने प्रणाली बनाउन सक्नुपर्छ । आजको युवाको सोचलाई आवश्यकता र विश्वसँग मेलखाने कुनैपनि विषय समेटिएको छैन ।’

उहाँले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताउनु भयो ।