९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गर्नुभयो ।

उहाँले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याउनुभयो । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद गौतमले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावारको त्रास बढिरहेको, पछिल्लो तीन महिनामा बर्दियामा चितुवाको आतङ्कबाट दुई जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका भन्दै जङ्गली जनावरबाट नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले सरकारले दृढ सङ्कल्पसहित नयाँ योजना र कार्यक्रमका साथ नीति तथा कार्यक्रम ल्याएको भन्दै यसलाई पारित गराउनेतर्फ सकारात्मक पहल हुनुपर्ने धारणा राख्नुभयो । सरकारले हिम्मत र साहसका साथ परम्परागत नीति तथा कार्यक्रमकलाई क्रमभङ्ग गर्दै ल्याएको उहाँको भनाइ छ ।

सांसद मैनालीले प्रतिपक्षी दलका सांसदले तथ्यपरक र सत्यपरक भनाइ राख्दै नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गर्नुपर्नेमा धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक विकासका लागि राजनीतिक दलहरूबीच साझा धारणा र दृष्टिकोणका साथ अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपा सोशी (चौधरी)ले ठूलाठूला भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाजवादोन्मुख अर्थव्यवस्थामा लैजान निजीकरणभन्दा सार्वजनिक निजी साझेदारी ढाँचालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरण घाटामा गएको विषय बाहिर आएको भन्दै प्राधिकरणलाई सबल र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्की (भण्डारी) ले नेपाल राष्ट्र बैंकको गभर्नर पद झण्डै एक महिनादेखि रिक्त रहेको भन्दै चाँडो गभर्नर नियुक्ति गरेर मुलुकको आर्थिक अवस्था र वित्तीय प्रणालीलाई सुधार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशमा आर्थिक समस्या बढिरहेको, सुशासन प्रवर्द्धन हुन नसकेको तथा उत्पादनशील र सेवा क्षेत्र उत्साहित नभएको अवस्थामा गभर्नरजस्तो संवेदनशील विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद विक्रम पाण्डेले बर्सातको समय सुरु हुन लागेको र यस वर्ष विगतको वर्षभन्दा बढी गर्मी हुने र अत्यधिक वर्षा सम्भावना रहेको मौसमविद्हरूले पूर्वानुमान गरिरहेका भन्दै समयमा सम्भावित जोखिम व्यवस्थापनको तयारी थाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आकस्मिक राहत सामग्रीको ढुवानी र उद्धार कार्यलाई चुस्त दुरुस्त बनाउन विपद् व्यवस्थापनलाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले वरिष्ठ वामपन्थी नेताको दुःखद् निदनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गर्नुभयो । उहाँले सुशासन प्रवर्द्धन र विकासलाई तीव्रता दिन सरकारले ढिलो गर्न नहुने धारणा राख्नुभयो । नागरिकको कष्टकर जीवनलाई ध्यान दिँदै बुटवल–नारायणगढ खण्ड यथाशीघ्र निर्माण सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।