१ आश्विन २०८३, बिहीबार
,
Latest
‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-चीन सीमाको ‘केरुङ च्छो’ ताल भरियो, स्थानीय बासिन्दामा सन्त्रास



फाईल फोटो
अ+ अ-

काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्नसक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीय चिनियाँ अधिकारीहरुले  न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र  ‘केरुङ च्छो’ ताल भरिएका  कारण फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुचना जारी गरि जनाएको छ ।

यदि पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ ।

कुनै दूूर्घटना भए कल्पना गरेको भन्दा बढी क्षती हुने भन्दै भोटेकोशी गाउपालकिाले सबैलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना जारी गरिएको थियो ।