२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-चीन सीमाको ‘केरुङ च्छो’ ताल भरियो, स्थानीय बासिन्दामा सन्त्रास



फाईल फोटो
अ+ अ-

काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्नसक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीय चिनियाँ अधिकारीहरुले  न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र  ‘केरुङ च्छो’ ताल भरिएका  कारण फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुचना जारी गरि जनाएको छ ।

यदि पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ ।

कुनै दूूर्घटना भए कल्पना गरेको भन्दा बढी क्षती हुने भन्दै भोटेकोशी गाउपालकिाले सबैलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना जारी गरिएको थियो ।