२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा अब ८.९९% मा ३ दिनमै



अ+ अ-

काठमाडाैंः ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।

कर्जा लिन चाहने व्यक्ति वा संस्थाले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

ग्राहकले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु. १५ लाख देखि देखि रु. १ करोड सम्म कर्जा उपलब्ध गराइने पनि बैंकले जनाएकाे छ ।