३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १:१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताउनुभयो । रासस