काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा लडेर घाइते हुनुभएको छ ।
गएराति झन्डै १२ बजे आफ्नै निवासमा लडेर उहाँ घाइते हुनुभएको उहाँको सचिवालय स्रोतले जनाएको छ ।
शौचालयमा लडेपछि उहाँको निधारमा चोट लागेको छ । रातिनै उहाँलाई उपचाका लागि मेडिसिटी अस्पताल पुर्याइएको छ ।









