१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल



अ+ अ-

काठमाडौँ।  वीरगञ्जस्थित गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि छलफल भएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाको सडक विस्तार योजनाबाट घना आवादी क्षेत्रका सयौँ घर भत्किई हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै मानिसको रोजगारीसमेत गुम्ने पुनासोसहित विरोधमा उत्रिएका स्थानीयको माग पूरा गराउने सन्दर्भमा आज छलफल भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गर्नुभयो ।

उहाँले ‘वीरगञ्ज युवा तथा व्यापारी सडकपीडित सङ्घर्ष समिति’ का संयोजक कुन्दन रौनियारसहित विभागीय मन्त्री दाहालसँग छलफल गर्नुभएको हो ।

स्थानीयले उक्त सडक विस्तार गर्दा बढीमा १५ मिटरसम्म मात्रै भत्काउन माग गर्दै आएका छन् । छलफलमा मन्त्री दाहालले त्यसबारेमा बुझेर समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस