४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल



अ+ अ-

काठमाडौँ।  वीरगञ्जस्थित गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि छलफल भएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाको सडक विस्तार योजनाबाट घना आवादी क्षेत्रका सयौँ घर भत्किई हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै मानिसको रोजगारीसमेत गुम्ने पुनासोसहित विरोधमा उत्रिएका स्थानीयको माग पूरा गराउने सन्दर्भमा आज छलफल भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गर्नुभयो ।

उहाँले ‘वीरगञ्ज युवा तथा व्यापारी सडकपीडित सङ्घर्ष समिति’ का संयोजक कुन्दन रौनियारसहित विभागीय मन्त्री दाहालसँग छलफल गर्नुभएको हो ।

स्थानीयले उक्त सडक विस्तार गर्दा बढीमा १५ मिटरसम्म मात्रै भत्काउन माग गर्दै आएका छन् । छलफलमा मन्त्री दाहालले त्यसबारेमा बुझेर समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस