२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई ऊर्जामन्त्री खड्काको आग्रह



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ ।

मन्त्री खड्काले आज ऊर्जा मन्त्रालयमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठसहितको टोलीलाई बधाई तथा शुभकामना दिँदै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

श्रेष्ठ वैशाख २० गते काठमाडौँमा भएको एनआरएनए महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रबाट मुलुकको विकास सम्भव भएकाले विश्वभर रहेका एनआरएनएलाई समेटेर नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एनआरएनएलाई एकताबद्ध बनाएर अगाडि बढाउन सुझावसमेत दिनुभयो ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनए तयार रहेको र त्यसका लागि आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । सरकारले राम्रो आयोजना दिए आफूहरू लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो । रासस