२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा फसेकी वृद्ध महिलाको सकुशल उद्धार



अ+ अ-

सिरहा। यहाँको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फस्नुभएकी एक वृद्ध महिलाको सकुशल उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फस्नुभएकी ६० वर्षीया रामदुलारी ठाकुरको आज उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिनुभयो । “खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उहाँ फस्नुभएको रहेछ ।

खबर पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली र स्थानीय मिलेर करिब दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष साहका अनुसार यस स्थानमा पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल समयमै सम्पन्न नहुँदा वर्षामा स्थानीयलाई आउजाउ गर्न समस्या हुँदै आएको छ । रासस