९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

प्रधानमन्त्री ओलीसँग देउवाको दुई घण्टा छलफल, के भयो कुरा ?

प्रधानमन्त्री ओलीसँग देउवाको दुई घण्टा छलफल, के भयो कुरा ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ छलफल भएको हो ।

ओली र देउवाबीच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालनलगायतका समसामयिक विषयमा कुराकानी भएको छ । दुई नेताबीच भएको छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

बैठकपछि गृहमन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबीच छलफल भएको बताए । मन्त्री लेखकले दुई नेताबिचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ ।

भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू बेकार रहेकोमा पनि ओली र देउवा एकमत देखिएका छन् । नीति कार्यक्रम, बजेट पारित गर्ने, शिक्षा विधेयकसहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबिच कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले टीआरसीबारे आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । त्यसका लागि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरेको छैन ।