१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सांसदहरूको आग्रह



अ+ अ-

काठमाडौँ। सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका बारेमा राम्रा पक्ष समेटिएका र अब तिनको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार केसीले नीति तथा कार्यक्रममा समेटिएका बुँदाका आधारमा बजेट आउनुपर्ने र कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन, जलस्रोत, कृषि आदि क्षेत्र सबैमा सम्भावना छ । हामीले आफ्ना स्रोतलाई बेवास्ता गरेका छौँ । अब बजेट निर्माणमा युवाहरुलाई लक्षित कार्यक्रम ल्याउन जरूरी छ ।”

सांसद शोभा ज्ञवालीले तीनै तहका सरकारको योजनामा दोहोरोपन आउन नदिन र समन्वयसहितको बजेट ल्याउन आग्रह गर्नुभयो । “नीति तथा कार्यक्रमअनुसार बजेट आउने हो भने विकास निर्माणको काम गर्न सक्छौँ ।

यसले सबै क्षेत्र समेटेको छ । नीतिले उद्यमशीलतामा जोड दिने भनेको छ, अब रोजगारीको सिर्जना र अर्थतन्त्रमा सुधार ल्याउने गरी ठोस योजना आवश्यक छ”, उहाँले भन्नुभयो ।