२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षण अभावमा गणेशमान सिंह स्मृति वाटिका



eQmk’/, @@ a}zfv M pkk|wfg Pj+ zx/L ljsf; dGqL k|sfzdfg l;+xu0f]zdfg l;+x :d[lt jfl6sfn] k|hftGq ;]gfgL Pj+ jfl6sfsf cWoIf :j= dfyj/l;+x a:g]tsf] $% cf} lbgsf] k”0oltlysf] cj;/df ;f]daf/ cfof]hgf u/]sf] >4f~hnL sfo{qmddf af]Nb} . tl:j/ M /d]z lu/L, /f;;
अ+ अ-

भक्तपुर। उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको नाममा स्थापना भएका वाटिकाको संरचनाका अवस्था नाजुक हुनु दुःखद् भएको बताउनुभएको छ ।

गणेशमान सिंह स्मृति वाटिकाले प्रजातन्त्रका सेनानी एवं वाटिकाका अध्यक्ष स्व माथवरसिंह बस्नेतको ४५औँ दिनको पूण्यतिथिको अवसरमा आज यहाँ आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्था विरुद्ध आफ्नो नेतृत्वमा कम्युनिष्टसमेतलाई साथमा लिएर प्रजातन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गर्नु भएका वीर गणेशमानको जीवन जति सङ्घर्षमय थियो, उहाँको नाममा खुलेका पार्कलगायतका विभिन्न संरचना पनि सङ्घर्षमय भएको छ, के यस्ता संरचनाको संरक्षण गर्ने जिम्मेवारी अरुको होइन र ?”

उहाँले वाटिकाको विभिन्न संरचना निर्माणमा आफूले मात्रै बजेटको व्यवस्थापन गरेको स्मरण गर्दै आगामी बजेटमा पनि सक्दो बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उपप्रधान एवं शहरी विकासमन्त्री सिंहले वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ माथवरसिंह वस्नेतले देशका लागि गरेको राजनीतिक यात्राको चर्चा गर्दै २०१७ सालमा गुमेको प्रजातन्त्र फर्काउने अभियानका योद्धाको रूपमा उहाँ रहनुभएको स्मरण गराउनुभयो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वाटिकाका सदस्य बिदुरमान सिंह वस्नेत, कार्यक्रमकी सभापति अञ्जनादेवी मधिकर्मीलगायतले स्व वस्नेतको योगदानलाई नेपाली कांग्रेसले भुल्न नहुने बताउनुभएको थियो । उहाँको सकारात्मक सन्देशको अनुशरण गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो । रासस