९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछुः पूर्वमन्त्री भट्टराई

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछुः पूर्वमन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौँ । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको बताउनु भयो । उहाँले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग छलफल गरेको बताउनु भयो । संशोधनकर्ताहरुको सुझाव अनुसार नै समिति प्रदेशमा जाने निर्णय भएर उपसमिति बनेको उहाँको भनाइ छ । उहाँले विद्यालय शिक्षा विधेयक निश्कर्षमा पु¥याउने कार्यमा साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लामो समय यसमा छलफल ग¥यौँ । मलाई लाग्छ ८० मा विधेयक आइसकेपछि हामीले समितिमा एक महिना सरोकारवालाहरुसँग छलफल ग¥यौँ । जतिबेला हामीसँग भानुभक्त जोशी हुुनहुन्थ्यो । समितिको जुरिस्टिक्सन र विधेयक भनेको खास गरी संसदकै एउटा जुरिस्टिक्सन भएकाले हामीले अगाडि सम्लग्न हुनुभएका सभापतिहरुलाई पनि सम्झनु पर्छ । हामीले गरेका कतिपय हिजोका कन्टिब्युसनहरुलाई पनि मूल्यांकन गर्नुपर्छ । अहिले हाम्रो सभापति आइसक्नु भएपछि हामीले यसलाई एक ढंगले अगाडि बढाउन समर्थवान भएका छौँ ।

मैले बीचमा नौ महिनाको कार्यकालमा यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी सम्हालिसकेपछि हामीले संशोधनकर्ताहरुसँग छलफल ग¥यौँ । संशोधनकर्ताहरुसँग छलफल गरेर प्रदेशमा समेत समिति जाने स्थिति बन्यो र त्यो पछाडि उपसमिति बनेर काम गरिरहेकै सन्दर्भमा म आफूले मन्त्रीको जिम्मेवारीबाट बाहिर निस्किसकेपछि यो बैठकमा पहिलो पटक उपस्थित छु । मन्त्रीको जिम्मेबारीमा रहीरहँदाखेरि गरेको साथ र सहयोगका तथा यहाँहरुले दिनुभएको सुझाव र सल्लाहका लागि म समिति र उपसमित सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । भोलिका दिनमा सिंगो शिक्षा सुधारको काममा संसदको तर्फबाट खासगरी सार्वजनिक शिक्षालगायत सिंगो शिक्षाको सुधारको गर्नका लागि क्रियाशिलता र भुमिका रही रहने छ भन्ने कुरा समितिमा जाहेर गर्न चाहन्छु ।’

विद्यालय शिक्षा विधेयकबारे गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको छलफल तोकिएकै समयमा पूरा भएपनि अन्तिम प्रतिवेदन लेखनमा थप केही दिन लाग्ने बताउनु भयो । उहाँले उपसमिति गठन भएपछिको ३५ दिनमा ३९ वटा बैठक बसेर विधेयकमाथि छलफल गरेको बताउनु भयो । उहाँले १५ परिच्छेद र १६३ दफा भएको विधेयकमाथि १५२ समूहमा सांसदहरुले संशोधन प्रस्ताप पेश गरेको बताउनुभयो । एक सय ६१ सांसदहरुले दर्ता गरेको एक हजार सात ५८ वटा संशोधनको प्रस्ताव निरन्तर छलफल गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उपसमितिले २०८१ चैत १८ गते आफ्नो कार्य प्रारम्भ गरी हिजो २०८२ बैशाख २१ गते ३५ दिनमा जम्मा ३९ वटा बैठकहरु गरी विधेयकमाथिको दफाबार छलफल समाप्त गरेको व्यहोरा समितिसमक्ष जानकारीका लागि अनुरोध गर्छु । तोकिएको समयसीमा भित्रै कार्य सम्पन्न गरी उपसमितिले गर्ने गरी उपसमितिले निरन्तर सार्वजनिक वा अन्य बिदासमेत नभनी कार्यालय समयको अगाडि र पछाडि समेत उपसमितिका बैठकहरु आयोजना गरियो ।

समिति सचिवालयहरुले अन्य थप समय लगाएर उपसमितिले निकालेका निश्कर्ष र तत् सम्बन्धका विषयहरुमा प्रतिवेदन लेखनको कार्यका साथै बैठकले पहिचान गरेका अन्य सन्दर्भ सामग्रीको अध्ययन जस्ता कार्यलाई समितिले निरन्तरता दियो ।विभिन्न १५ वटा परिक्षेत्र र १६३ वटा दफामा विभक्त उक्त विधेयक उपर १५२ समूहमा १६१ माननीय सदस्यहरुबाट १७५८ बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितका विधेयकका सम्बन्धमा निरन्तर छलफल गरी कार्य गरियो । दफाबार छलफल समाप्त गरिएको छ । यद्यपीमा तोकिएकै समयमा प्रतिबेदन पेश गर्ने हाम्रो सामुहिक प्रतिबद्धता र अठोट हुँदाहुँदै पनि प्रतिवेदन लेखनप्रति थप छलफल गरी प्रतिवेदन मस्यौदालाई अन्तिम रुप दिने काम बाँकी नै छ ।’

समिति सदस्य देवेन्द्र पौडेलले उपसमितिमा छलफल सकिएको विद्यालय शिक्षा विधेयक समितिमा सहमतीमै अन्तिम टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुले बिदाको दिन तथा संसद बैठक चलेको समयमा पनि अहोरात्र खटिएर विधेयकमाथिको छलफललाई अन्तिम रुप दिएको बताउनुभयो । उहाँले थपिएको समयभित्र प्रतिवेदन लेखेर समितिमा बुझाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राम्रो कुरा हामीले कुनै विधा वा बिहान बेलुका केही पनि भनेनौँ । सम्सद चलेको दिनपति छोडेर हामी यहाँ बस्यौँ । हामीले हिजोसम्म नै सबै कुरा टुङ्गो लगाउन सक्नु पथ्र्र्यो । समयको भोलुम बढाएर सचिवालयका साथीहरुलाई उठेका छिलफल उठेका कन्क्लुजन व्यवस्थित रुपमा भाषासहित हेरेर मिलाउनका लागि भनेर समय दश दिन भनेका हौँ ।

यो क्रममा हामीले निकै मेहेनत मन्त्रालयबाट आउनुभएका साथीहरुले पनि गर्नुभयो । प्रतिवेदन तयार पार्नका निम्ति मान्यहरुले पनि निकै मेहनत प्रयत्न गर्नुभयो । अब यो प्रतिवेदनलाई समितिमा पेश गरेर सकेसम्म सहमतीद्वारा अगाडि बढाउने कुरा र मन्त्रीज्यूले पनि समितिमा भएका सम्मानित सदनको क्षेत्राधिकारलाई पक्का पनि सम्मान गर्नु हुने छ ।’

सदस्य पौडेलले नेपालको इतिहासमा पाँच दशकपछि विद्यालय शिक्षा ऐन निर्माण गरेर गर्व गर्ने अवस्था सिर्जना गर्न तोकिएको बाँकी समय सही ढंगले सदुपयोग गर्नुपर्ने बताउनु भयो ।