९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैनः शिक्षामन्त्री

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैनः शिक्षामन्त्री
अ अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरेपनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिइ जाने गरेको बताउनु भयो । उहाँले कति विद्यार्थी उक्त किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने एकीन तथ्याङ्क मन्त्रालयसँग नभएको बताउनु भयो । विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्याङ्कलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ । उहाँले एउटै शैक्षिक संस्थामा केही समयको अन्तरालमा विद्यार्थीको मृत्युको घटना हुनुको कारणबारे छानबिन भइरहेको बताउनु भयो । उहाँले घटनाको सत्यतथ्य पत्ता लगाउन विद्यार्थी पठाउने शैक्षिक एजेन्सीसँग सम्पर्क गरी छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई आफूले निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो घटना घट्नासाथ मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यसबारेमा के भएको हो डिटेल बुझ्न भनेको छु । र त्यसबारेमा हाम्रो मन्त्रालयले आवश्यक कोअर्डिनेशन पनि गरेको छ । कति गएका छन् भनेर माननीय देवेन्द्र पौडेलले तथ्यांक उठाउनुभएको छ, त्यो तथ्यांक हामीसँग एकिन रुपमा छैन । केहीले एनओसी लिएर गएका छन् तर सबैले एनओसी लिएर गएका छैनन् । त्यसैले एनओसी लिएर गएकाको तथ्यांक हामीसँग छ तर भारत जानका लागि बोर्डर खुला छ धेरै धेरै विद्यार्थीहरु एनओसी नलिइ भारतमा पढ्न जाने गरेको पाइन्छ । त्यसैले यकिन तथ्यांक नभएकाले सम्बन्धित शिक्षा संस्थाकै तथ्यांकलाई आधिकारिक मान्नु पर्ने अवस्था छ । मैले मन्त्रालयका अधिकारीहरुलाई के निर्देशन दिएको छु भने यो युनिभर्सिटी वा शिक्षण संस्थाहरुमा हाम्रा कुनकुन एजेन्सीहरुले विद्यार्थी पठाउँछन्, तिनीहरुको मान्छे पत्ता लगाउनुहोस् र उनीहरुसँग बसेर किन यस्तो घटना दुई दुई जना विद्यार्थीको त्यहाँ घट्यो रु यस्तो घटना हुनुको कारण के होला भनेर उनीहरुरुसँग छलफल गनुप¥यो भनेर निर्देशन दिएको छु ।’

मन्त्री पन्तले उक्त विषयमा शिक्षा तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउन गम्भीर ढंगले लागिपरेको बताउनु भयो ।