२ आश्विन २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा



अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट यातायात सञ्चालन गर्ने भएको छ ।

महासंघ र तीनवटा ट्रेड युनियनहरुले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् । यातायात श्रमिकहरुको सामुहिक कोरोना विमाका लागि सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत रकम व्यहोर्ने सहमति भएपछि व्यवसायीहरु यातायात सञ्चालन गर्न तयार भएका हुन । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ८ गते बिहीबारबाट यातायात सञ्चालन हुने बताउनुभयो । लामो र छोटो दुरीको यातायात सञ्चालनका लागि महासंघ तयार भएको उहाँले बताउनुभयो ।

कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रीत परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको स्थापना गर्न विभाग मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने समझदारी पनि व्यवसायीहरुले गरेका छन् । छोटो, मध्यम र लामो दुरीको सवारी सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति पनि भएको छ । श्रमिकलाई आवश्यक पर्ने मास्क, पञ्जा, स्यानीटाइजर र पीपीई लगायतका स्वास्थ्य सामग्री सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने भएका छन् । सरकारले असार २६ गते नै यातायात सञ्चालनको निर्णय गरेपनि व्यवसायीहरु विभिन्न माग राख्दै आएका थिए ।