२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई ३४ औं बुन्डेसलिगा उपाधि, अन्ततः ह्यारी केनले उपाधि जिते



अ+ अ-

काठमाडौँ । जर्मन शीर्ष फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

दोस्रो स्थानको लेभरकुसेन एससी फ्राइवर्गसँग २–२ को बराबरीमा रोकिएसँगै बायर्नले ३४ औं पटक बुन्डेसलिगाको उपाधि जितेको हो । शीर्षस्थानको बायर्नको ३२ खेलबाट ७६ अंक छ ।

दोस्रो स्थानको लेभरकुसेनको समान खेलबाट ६८ अंक छ । यसैबीच बायर्नका फरवार्ड ह्यारी केनले करिअरमै पहिलो ठूलो उपाधि जित्न सफल भएका छन् । लामो समय इंग्लिस क्लब टोटेनहममा बिताएका उनले कुनै ट्रफि जित्न सकेका थिएनन् ।

गत सिजन लेभरकुसेन च्याम्पियन बनेपछि केन उपाधि जित्न बन्चित भएका थिए । तर, यो सिजन भने केनको भाग्य चम्कियो ।