१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक



file
अ+ अ-

चितवन । सोमबार बिहानदेखि  बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । सोमबार कालिखोलामा पहिरो जाँदा मंगलबार दिउँसो पौने पाँच बजेपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको हो । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ । 

नारायणगढ–मुग्लिन सडक खण्डमा लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ । नारायणगढ–मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा सडक भाँसिने क्रम बढेकाले धेरै भार भएका मलवाहक गाडी चल्न समस्या नै हुने देखिन्छ ।