१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने प्रकरण: मिश्र र प्रसाईसहित २५ जनाको हिरासत अवधि लम्बियो



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनाको हिरासत म्याद पाँच दिन थप गरिएको छ। उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो।

मिश्रसँगै जनकमान्डर दुर्गा प्रसाईको पनि पाँच दिनको म्याद थपिएको छ। राजसंस्था पुनःस्थापनाको अभियानमा संलग्न दुर्गा प्रसाईमाथि पनि राज्यविरुद्धको मुद्दा चलाइएको छ।

संगठित अपराध र राज्यद्रोह मुद्दामा अनुसन्धान भइरहेका मिश्रको यो छैटौंपटक म्याद थप हो। यसअघि १४ वैशाखमा सात दिनको म्याद थप गरिएको थियो।

हाल तीनकुने घटनासँग सम्बन्धित ५६ जना प्रहरी हिरासतमा छन्। तीमध्ये २५ जनाविरुद्ध राज्यविरूद्धको र अन्यहरूमाथि आपराधिक उपद्रवको आरोपमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले ३३ जनालाई हाजिर जमानीमा रिहा गरिसकेको छ।