२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता नाइट राइडर्सको पाँचौं जित, राजस्थान रोयल्स १ रनले पराजित



अ+ अ-

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा कोलकाता नाइट राइडर्सले पाँचौं जित दर्ता गरेको छ। आइतबार इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई १ रनले पराजित गर्‍यो।

कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो। कप्तान रियान परागले ४५ बलमा ८ छक्का र ६ चौकासहित ९५ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। यशस्वी जैसवालले ३४, शिमरोन हेटमायरले २९, शिवम दुबेले अविजित २५ र जोफ्रा आर्चरले १२ रन जोडे।

कोलकाताका लागि वरुण चक्रवर्ती, हर्षित राना र मोइन अलीले २/२ विकेट लिए भने वैभव अरोराले १ विकेट झारे। टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। रहमानुल्लाह गुर्बाजले ३५, अजिंक्य रहाणेले ३०, अंगकृश रघुवंशीले ४४ र आन्द्रे रसेलले अविजित ५७ रन बनाए। रसेलको २५ बलमा ६ छक्का र ४ चौका प्रहारसहितको विस्फोटक पारी निर्णायक बन्यो।

राजस्थानका लागि जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले एक/एक विकेट लिए। यो जितपछि कोलकाता ११ खेलमा ५ जितसहित अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। एक खेल वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो। राजस्थानले भने १२ म्याचमध्ये ९ हार्दा मात्र ३ जित निकाल्दै प्लेअफ दौडबाट बाहिरिएको छ।