२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ सुरु



अ+ अ-

काठमाडौँ। नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ सुरु भएको छ।

जङ्गी अड्डामा आज एक विशेष समारोहबीच बलाधिकृत रथी श्री निर्मल कुमार थापाले प्रतियोगिताको उद्घाटन गर्नुभयो। टेनिस खेलको विकास तथा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ जना महिला सहित कुल १९६ जना खेलाडीहरूको सहभागिता रहेको छ।

प्रतियोगिता वैशाख २८ गतेसम्म जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ। खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ विधाका प्रतिस्पर्धात्मक खेलहरू यस प्रतियोगितामा समावेश गरिएका छन्।

उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू, नेपाल टेनिस संघका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न टेनिस क्लबका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मीहरू तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।