२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य स्पर्धामा नेपालका मिलन विजयी



अ+ अ-

काठमाडौँ।  बूढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् ।

बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोश्रो राउन्डमा नकआउट गरे । मिलनले १ लाख नेपाली रुपैयाँ र असादाले ९ सय अमेरिकी डलर नगद पुरस्कार हात पारे ।

गोल्फुटारमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । ५४ केजीमा नेपालका पुरनजित राईले सफलता पाए । उनले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई पाखा लगाए । ७० केजीमा नेपालका महेन्द्र गज्मेरले बाजी मारे । उनले नेपालकै रोनिश सुब्बालाई पन्छाए ।

नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगरले जित हात पारे । उनले भारतका बरेम्रोन डेनियलमाथि जित रचे । पुरुषकै अर्को ६० केजीको भिडन्तमा नेपालका गौतम थिङले भारतका याइमा लाईको चुनौती पन्छ्याउदै उपाधि हात पारे । ६७ केजीमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गरे ।

बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको महिला ६० केजीमा नेपालकी सारिका धमला तथा ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी भए । सारिकाले भारतकी जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले भारतकै गीता नर्जिनारी विरुद्ध जित निकाले ।

प्रतियोगितामा समावेश ९ स्पर्धामा नेपाल, भारत र थाइल्यान्डका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बाँकी ८ स्पर्धाका विजेता र उपविजेताले पनि नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बूढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक खेलकुद समितिका अध्यक्ष निलम अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य–सचिव घिसिङले गरेका थिए ।