१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले वाटफोर्डलाई उछिन्यो



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले आर्सनललाई १–० ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । एस्टन भिल्लालाई बहुमूल्य जित दिलाउन इजिप्टका विन्गर ट्रेज्ग्वेटले निर्णायक गोल गरे ।

डिन स्मिथको क्लबले अब रेलिगेसनबाट बच्न आफ्नो भाग्य आफै लेख्न सक्नेछ । मंगलबारको अर्को खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ४–० ले हराएरपछि यो समीकरण तयार भएको हो ।

वाटफोर्ड भने पुछारबाट तेस्रो स्थानमा पुगेको छ । सन् १९९८ यता एस्टन भिल्लाले लिगमा आर्सनललाई हराएको यो पहिलो पल्ट हो । एस्टन भिल्ला र वाटफोर्ड दुवैको समान ३४ अंक छ ।

एस्टन भिल्ला गोल अन्तरले अगाडि रहेको छ । अब लिगको अन्तिम दिनको खेलमा आइतबार उसले वेस्ट ह्यामको सामना गर्नेछ भने वाटफोर्डले आर्सनलको भ्रमण गर्नेछ । यस्तै पुछारबाट दोस्रोमा रहेको बर्नमाउथले एभर्टनविरुद्ध खेल्नेछ ।