२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोही नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर छः सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सुगौली सन्धी र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुने स्थिति नआओस् भन्नेमा गम्भीर रहेको बताउनु भयो । उहाँले यो विधेयकलाई समितिमा अझ विस्तृत र गहन रुपलेटलफल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विधेयक छलफलका क्रममा सम्बन्धित पक्षलाई पनि आमन्त्रित गरेर छलफल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयकमा केही कमी, कमजोरी भए सच्याएर अघि बढ्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून निर्माण गर्दा कहीँ लुप होल्सहरु छन् भने ल्याप्सहरु छन् भने त्यसलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ । त्यसैले अहिले जुन विधेयक आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ । सरकारको चाहना पनि कोही नेपाली नागरिक नागरिकता कार्डले राज्य बिहीन हुने स्थिति नहोस् भन्ने चाहना छ । त्यसलाई हामी अझ वृहत छलफल गरौँ । कानूनकै कारणले तपाईंहरुलाई अफ्ठ्यारो परेको छ भने अफ्ठ्यारो नपर्ने वातावरण सिर्जना होस् हाम्रो चाहना छ । हामी समितिमा ल्याएर पनि छलफल गराउँछौँ । राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्नुपर्छ ।’

सभापति खतिवडाले राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्ने बताउनु भयो ।