९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कोही नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर छः सभापति खतिवडा

कोही नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर छः सभापति खतिवडा
अ अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सुगौली सन्धी र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुने स्थिति नआओस् भन्नेमा गम्भीर रहेको बताउनु भयो । उहाँले यो विधेयकलाई समितिमा अझ विस्तृत र गहन रुपलेटलफल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विधेयक छलफलका क्रममा सम्बन्धित पक्षलाई पनि आमन्त्रित गरेर छलफल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयकमा केही कमी, कमजोरी भए सच्याएर अघि बढ्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून निर्माण गर्दा कहीँ लुप होल्सहरु छन् भने ल्याप्सहरु छन् भने त्यसलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ । त्यसैले अहिले जुन विधेयक आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ । सरकारको चाहना पनि कोही नेपाली नागरिक नागरिकता कार्डले राज्य बिहीन हुने स्थिति नहोस् भन्ने चाहना छ । त्यसलाई हामी अझ वृहत छलफल गरौँ । कानूनकै कारणले तपाईंहरुलाई अफ्ठ्यारो परेको छ भने अफ्ठ्यारो नपर्ने वातावरण सिर्जना होस् हाम्रो चाहना छ । हामी समितिमा ल्याएर पनि छलफल गराउँछौँ । राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्नुपर्छ ।’

सभापति खतिवडाले राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्ने बताउनु भयो ।