६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाका लागि शिक्षामूलक गीत ‘ आऊ साथी ’ सार्वजनिक



अ+ अ-

काठमाडौं। बालबालिकालाई साथीभाईसँग बसेर रमाइलो गर्दै पढ्न, लेख्न, अक्षर र अंक सिक्न प्रेरित गरिएको एउटा बालगीत भिजन अफिसियल युटुबले सार्वजनिक गरेको छ ।

उक्त गीतमा खेल, गीत, रमाइलो पात्रहरू (जस्तै बाटुली) को माध्यमबाट सिकाइलाई सहज, रमाइलो र प्रेरणादायक बनाइएको छ । साथै, राम्रो काम र शिक्षा प्राप्तिको महत्व, देश विकासमा बालबालिकाको भूमिका र उनीहरूको संरक्षण तथा पालनपोषणको आवश्यकतालाई पनि उजागर गरिएको छ।

पठनपाठनको सन्देश र मनोरञ्जनको स्वरूप बोकेको यो बालगीत शिक्षामूलक तथा सन्देशमूलक बालसाहित्यको उत्कृष्ट उदाहरण हो । लुनिभा शाही, श्रेषा श्रेष्ठ, मनिमा महर्जन र स्वास्तिका महर्जनको प्रस्तुति यस गीतमा देख्न सकिन्छ । उनीहरूको गायन तथा सृजनात्मक योगदानले गीतलाई अझ जीवन्त बनाएको छ ।

उक्त गीतका शब्द तथा रचना युनाद्वारा गरिएको हो भने सङ्गीत संयोजन मनिष सिंहले गर्नुभएको हो ।

भिडियो