९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

माछापुच्छ्रे गाउँपालिकामा पक्षी गणना गरियो

माछापुच्छ्रे गाउँपालिकामा पक्षी गणना गरियो
अ अ+ अ-

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन क्षेत्रमा पक्षी गणना गरिएको छ । जैविक विविधता संरक्षण समाज (बायोकस), नेपाल र वल्र्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजनामा उक्त क्षेत्रमा पक्षी गणना गरिएको हो ।

माछापुच्छ्रे गाउँपालिकास्थित पिलिचो, पिपर, खुमई, कोर्चां, लुब्रचु, चिचिम्ले, डाँफे चौर, हिले र ओदाने क्षेत्रमा यही वैशाख ४ देखि १८ गतेसम्म गणना गरिएको थियो । बायोकस नेपालले उक्त क्षेत्रमा डाँफे, मुनाललगायत कालिज प्रजातिको गणना सकाएर आज कास्कीको माछापुच्छ्रे–१ स्थित घाचोक गाउँमा तथ्याङ्क सार्वजनिक गरेको हो ।

उक्त क्षेत्रमा डाँफे एक सय ४६, मुनाल एक सय ४८, कालिज प्रजातिमा पर्ने प्यूरा एक सय ७० र फोक्रास १९ वटा फेला परेका बायोकसका निर्देशक डा पारसविक्रम सिंहले जानकारी दिनुभयो । यस क्षेत्रमा अन्य दुई सय प्रजातिका पक्षीहरू पत्ता लागेका उल्लेख गर्दै उहाँले १९ जना अनुसन्धानकर्ता र सहयोगीहरू दुई समूहमा विभाजन भई गणना गरिएको बताउनुभयो ।

यसअघि सन् १९७९ देखि भएका विभिन्न सर्भेक्षणमार्फत यस क्षेत्रमा हालसम्म तीन सय १४ प्रजातिका चरा भेटिएका बायोकसका अध्यक्ष लक्ष्मण पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा सबै पाँच सय १८ प्रजातिका पक्षी भेटिएका छन् ।

सोही कारण अन्तरराष्ट्रियस्तरमा पक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताका माझ यो क्षेत्र ‘पिपर सेञ्चुरी’ वा ‘पिपर रिजर्भ’ नामले परिचित छ । वन्यजन्तु संरक्षणमा अवैध चोरी–सिकारी प्रमुख चुनौतीका रूपमा देखिँदै आएको पौड्यालले बताउनुभयो ।

यस्ता गतिविधि नियन्त्रण गर्न बायोकस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ‘स्मार्ट’ नामक मोबाइल एपमा आधारित गस्ती प्रणाली सुरु गरेको छ । साथै, ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको एक्याप पोखरा कार्यालयका प्रमुख डा रबिन कडरियाले बताउनुभयो ।

स्थानीय निकाय माछापुच्छ्रे गाउँपालिका, ग्रेट माछापुच्छ्रे ट्रेल समितिलगायत स्थानीय समुदायको सहभागितामा पक्षी संरक्षणलाई जोड दिइएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । डाँफे, मुनाललगायत महत्त्वपूर्ण पक्षीको सङ्ख्यामा वृद्धि गर्दै माछापुच्छ्रेलाई पक्षी पर्यटन गन्तव्यका रूपमा विकास गरिने उहाँले उल्लेख गर्नुभयो ।  रासस