५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श



अ+ अ-

काभ्रेपलाञ्चोक।  प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ ।

कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको सबै विषयमा करूणा झल्किएको विचार व्यक्त गरे ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले करूणा आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिँदै करूणा अनन्त कथा–व्यथाको सागर रहेको उल्लेख गर्नुभयो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करूणाले ‘तिम्रो छातीमा दया, माया, करुणा सबै छ, त्यसलाई नजिकबाट अनुभूत गर’ भनी झक्झकाउने तथा मानिसभित्रको इमान्दारिता, करुणा, माया, दयाको झल्को दिनाका साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो ।

उहाँले जीवनमा जन्मदिने आमाबुबा, पिता र पतिको महत्व, युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्न, देशको माटोप्रतिको प्रेमलाई अनूभूति हुने गरी प्रस्तुत गरिएको बताउनुभयो ।

करूणा विमर्शमा लेखक शाक्यले आफूले जीवनमा पञ्चायत, बहुदलीय प्रजातन्त्र, गणतन्त्र देखेको र महसुस गरेको कुरा तथा देशको अवस्थालाई वर्तमान युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताउनुभयो । उहाँले आफ्ना श्रीमान् प्रधानमन्त्री ओलीकै प्रेरणाले आत्मकथा लेख्न सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री अर्थात् श्रीमान् केपी शर्मा ओलीले सधैँ  घरको काममा मात्रै व्यस्त नहुन र आफूभित्रको क्षमता चिनेर लेख्न केही लेख्न भनेर प्रेरणा दिनुभयो । त्यही प्रेरणाका कारणले आत्मकथा लेख्न प्रेरित भएको हुँ”, शाक्यले भन्नुभयो ।

उहाँले आत्मकथामा आफ्ना ‘दुःख र सङ्घर्ष’को चित्रण गरिएको उल्लेख गर्नुभयो । करूणा आत्मकथाको गत फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले काठमाडाँैमा विमोचन गर्नुभएको थियो । रासस