९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श

शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
अ अ+ अ-

काभ्रेपलाञ्चोक।  प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यद्वारा लिखित ‘करूणा’ आत्मकथामाथि आज काभ्रेपलाञ्चोकको धुलिखेलमा विमर्श गरिएको छ ।

कार्यक्रमका वक्ताहरूले करूणामा प्रस्तुत जीवन भोगाइका फरकफरक विषयले मानव जीवनको सबै विषयमा करूणा झल्किएको विचार व्यक्त गरे ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले करूणा आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिँदै करूणा अनन्त कथा–व्यथाको सागर रहेको उल्लेख गर्नुभयो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करूणाले ‘तिम्रो छातीमा दया, माया, करुणा सबै छ, त्यसलाई नजिकबाट अनुभूत गर’ भनी झक्झकाउने तथा मानिसभित्रको इमान्दारिता, करुणा, माया, दयाको झल्को दिनाका साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो ।

उहाँले जीवनमा जन्मदिने आमाबुबा, पिता र पतिको महत्व, युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्न, देशको माटोप्रतिको प्रेमलाई अनूभूति हुने गरी प्रस्तुत गरिएको बताउनुभयो ।

करूणा विमर्शमा लेखक शाक्यले आफूले जीवनमा पञ्चायत, बहुदलीय प्रजातन्त्र, गणतन्त्र देखेको र महसुस गरेको कुरा तथा देशको अवस्थालाई वर्तमान युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताउनुभयो । उहाँले आफ्ना श्रीमान् प्रधानमन्त्री ओलीकै प्रेरणाले आत्मकथा लेख्न सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री अर्थात् श्रीमान् केपी शर्मा ओलीले सधैँ  घरको काममा मात्रै व्यस्त नहुन र आफूभित्रको क्षमता चिनेर लेख्न केही लेख्न भनेर प्रेरणा दिनुभयो । त्यही प्रेरणाका कारणले आत्मकथा लेख्न प्रेरित भएको हुँ”, शाक्यले भन्नुभयो ।

उहाँले आत्मकथामा आफ्ना ‘दुःख र सङ्घर्ष’को चित्रण गरिएको उल्लेख गर्नुभयो । करूणा आत्मकथाको गत फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले काठमाडाँैमा विमोचन गर्नुभएको थियो । रासस