१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशसभामा तीन संरचनाको शिलान्यास



अ+ अ-

धनुषा। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज प्रदेशसभा परिसरको सौन्दर्यकरण तथा पूर्वाधार विकास योजनाअन्तर्गत तीन संरचनाको शिलान्यास गर्नुभएको छ ।

पानीको फोहोरा (फाउन्टेन), प्रदेशसभाको मुख्यद्वार र अन्य सहायक प्रवेशद्वारहरूको निर्माण गर्नेगरी आज शिलान्यास गरिएको हो । सभामुख मण्डलले भन्नुभयो, “प्रदेशसभा जनप्रतिनिधिको काम गर्ने स्थान मात्र नभई मधेश प्रदेशको पहिचान झल्काउने गरिमायुक्त स्थल पनि हो । त्यसैले यसको भौतिक स्वरूप पनि त्यही स्तरको हुनु आवश्यक छ ।

प्रदेशसभाको संरचना भवनमा सीमित हुन नहुने भन्दै यसको वातावरण, प्रवेशद्वार तथा बाहिरी स्वरूप पनि आमनागरिकले सम्मानपूर्वक हेर्नेगरी बनाइनु आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले  भन्नुभयो, “सौन्दर्यकरणका यी प्रयासहरूले प्रदेशसभाको गरिमा बढाउनाका साथै जनतासँगको सम्बन्ध अझ आत्मीय बनाउने विश्वास लिएको छु ।

सभामुख मण्डलका अनुसार प्रदेशसभाको मुख्य प्राङ्गणमा निर्माण हुने पानीको फोहोरा भवनको आकर्षण केन्द्र बन्नेछ । यो फोहोरा आधुनिक प्रविधिसहितको निर्माण हुने जनाउँदै उहाँले यसले साँझको समयमा आधुनिक बत्तीको उज्यालो र ध्वनिको संयोजनमार्फत थप सौन्दर्य दिन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाको मुख्यद्वार मधेशको सांस्कृतिक शैली र वास्तुकलालाई झल्काउने गरी निर्माण गरिनेछ । यसले एकातिर पारम्परिक मूल्य झल्काउने छभने अर्कातर्फ आधुनिक प्रदेशको पहिचान पनि दिने सभामुखले विचार व्यक्त गर्नुभयो ।

निर्माणलाई गुणस्तरीय र समयमा सम्पन्न गरिने उद्देश्यसहित योजना अघि बढाइएको भन्दै आवश्यक बजेट सुनिश्चित भइसकेको उहाँले जानकारी दिनुभयो । सभामुख मण्डलले प्रदेश सरकार र निर्माण व्यवसायीलाई पारदर्शिता, जवाफदेहिता र गुणस्तरियता कायम गर्न आग्रह गर्नुभयो । रासस