६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज सुवेदीको रिले अनसनमा ऐक्यवद्धता



अ+ अ-

ललितपुर। रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरुको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यवद्धता जनाएका छन् ।

रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् । ललितपुरबासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्दछ भन्दै ऐक्यवद्धता जनाए ।

अनसनको माग निम्न छन्, आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गर । यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धान्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।

रिले अनसन दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ । झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।