६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित



अ+ अ-

काठमाडौँ। अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् ।

च्याम्पियन मार्सल आट्र्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा सन्तोषलाई सम्मान गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको भन्दै दुई संस्थाको संयोजनमा उनलाई सम्मान गरिएको हो । उनी चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्रद्वारा सम्मानित भए ।

सन्तोषलाई च्याम्पियन मार्सल आट्र्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय र रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए । विदेशी भूमिमा मार्सल आट्र्सको माध्यमबाट नेपाली समुदायको लागि प्रेरणाको श्रोतको रूपमा कराते खेलाडी सन्तोषले योगदान गरेको व्यक्तिहरूको भनाइ थियो ।

च्याम्पियन मार्सल आटर््स क्लब युएसएका अध्यक्ष समेत रहेका साग एवं एसियन प्यासिफिक कराते प्रतियोगिताका स्वर्ण विजेता सुनिल लामाले उक्त सम्मान कार्यक्रमको अध्यक्षता गरेका थिए । लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए ।

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा) का केन्द्रीय महासचिव मुक्ति राई र निवर्तमान न्यूयार्क च्याप्टरका अध्यक्ष ममता राईको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो । न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल काताततर्फ  रजत पदक जितेका थिए ।

फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए । यस वर्ष उनको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए ।