२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित

करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित
अ अ+ अ-

काठमाडौँ। अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् ।

च्याम्पियन मार्सल आट्र्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा सन्तोषलाई सम्मान गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको भन्दै दुई संस्थाको संयोजनमा उनलाई सम्मान गरिएको हो । उनी चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्रद्वारा सम्मानित भए ।

सन्तोषलाई च्याम्पियन मार्सल आट्र्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय र रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए । विदेशी भूमिमा मार्सल आट्र्सको माध्यमबाट नेपाली समुदायको लागि प्रेरणाको श्रोतको रूपमा कराते खेलाडी सन्तोषले योगदान गरेको व्यक्तिहरूको भनाइ थियो ।

च्याम्पियन मार्सल आटर््स क्लब युएसएका अध्यक्ष समेत रहेका साग एवं एसियन प्यासिफिक कराते प्रतियोगिताका स्वर्ण विजेता सुनिल लामाले उक्त सम्मान कार्यक्रमको अध्यक्षता गरेका थिए । लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए ।

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा) का केन्द्रीय महासचिव मुक्ति राई र निवर्तमान न्यूयार्क च्याप्टरका अध्यक्ष ममता राईको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो । न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल काताततर्फ  रजत पदक जितेका थिए ।

फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए । यस वर्ष उनको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए ।