३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्योः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरुको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो । उहाँले प्रतिगामी शक्तिहरुले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताउनु भयो । उहाँले पार्टीमा आवद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरुलाई शक्ति सञ्चय गर्न आग्रह गर्नुभयो ।

उहाँले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुलाई संसद, सडक तथा जनताको माँझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताउनु भयो । प्रतिगमणकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरुकै भएको बताउनु भयो । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोषा जगाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीको अभियानहरु, सम्मलेलनहरु अधिवेशनतिर जाने प्रक्रियाहरु विभिन्न जातीय क्षेत्रिय मोर्चाका अधिवेशनहरु जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी प¥यो भने ठूलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरुले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धीहरुलाई खोस्ने दुःशाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ । अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बीचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ ।

हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा जसरी राजावादीहरुको वितण्डा देखापर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनैपर्छ भनेर अभियान रोकेर काठमाडौं आएर हामी सबैको सहभागितामा हामीले ठूलै धक्का दियौँ राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त ग¥यौँ अहिलेलाई । यो फेरिपनि वितण्ड गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशिलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय संगठनहरुसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गर्नुभयो । उहाँले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो समीक्षामा के कुरा ग¥यौँ भने हाम्रो विचारलाई हाम्रो राजनीतिक एजेन्डालाई हाम्रो वर्ग र समुदायलाई जति दरोसँग हामी शान्ति प्रक्रियामा आएपछि पनि उनीहरुसँग समबन्ध बनाइ राख्नुपर्ने थियो, उनीहरुलाई गतिशिल गरिराख्नुपर्ने थियो । उनीहरुको भूमिकालाई सबैतिर स्थापित गरिराख्नुपर्ने थियो त्यहाँ हाम्रो कमी भयो । र यो कमीको परिणाम माओवादी पार्टी र आन्दोलनका एजेण्डाहरु कमजोर पर्न गए, यो महशुस हामीले ग¥यौँ । मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्नु अगाडि नै यि विषयमा विचारमा पनि कहीँ न कहीँ कमजोर भएको महशुस गरियो ।

राजनीतिक एजेण्डामा पनि वर्ग समुदायमा पनि समीक्षा नगरिकन र यथास्थितिलाई तोडेर नयाँ ढंगले जनसम्पर्क नगर्ने हो भने हाम्रा हजारौँ शहीद, अपाङ्ग घाइतेहरुलगायतको योगदानले प्राप्त गरेको समावेशी समानुपातिकसहितको गणतन्त्र संघीयता पनि धरापमा पर्न सक्छ भन्ने महसुस लिडरसिपको हैसियतले मलाई दुई ढाइ वर्ष अघि नै गहिरो गरी भएको थियो । त्यसकारण एउटा संकल्प हामीले ग¥यौ नेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त छ, हामीले केही जनतामा आशा जगाउने रेकर्ड बनाउनैपर्छ भनेर भ्रष्टाचारका विरुद्धको अभियान सचेतरुपले छेडेकै हो । सुशासनको पक्षमा रेकर्ड बनाउने गरी काम गरिएको हो । सामाजिक विभेदको एउटा युद्ध फेरि नयाँ आन्दोलन गर्नुपर्छ छेड्नु पर्छ भनेर नै सामाजिक न्यायको कुरा उठाइएको हो ।’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताउनु भयो । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उहाँको भनाइ छ ।