२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारबाट नियमित मापसे जाँच



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरी बुधबारबाट नियमित रुपमा मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण ७ चैतबाट रोकिएको मापसे जाँच पुनः सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।

महामारीका कारण रोकिएका सचेतना कक्षा पनि अब सुरु हुने एसएसपी  ढकालल ेबताए ।